काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घरजग्गाको नापी अनलाइनबाट गरिने बताएका छन् ।
मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले अब घरजग्गाको नापी अनलाइनबाट हुने बताएका हुन् । घरजग्गाको कारोबारलाई पनि व्यवस्थित गर्दै लैजाने उनको भनाइ छ ।































प्रतिक्रिया