जलवायु परिवर्तनजन्य क्षतिबापत आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गरिने

जलवायु परिवर्तनजन्य क्षतिबापत आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गरिने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पुगेको क्षतिबापत आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गरिने बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले जलवायु वित्तमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा मुलुकले पैरबी गर्ने भन्दै हानि तथा नोक्सानीको कोषबाट आर्थिक सहायताको लागि पहल गर्ने बताए ।

उनले भने, ‘जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषको अधिकतम उपयोग गर्न र यस्तो कोषमाथिको अधिकार स्थापित गर्न विशेष प्रयत्न गरिने छ । जलवायु वित्तमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरबी गरिने छ । जलवायु परिवर्तनको कारण पुगेको क्षतिबापत हानि तथा नोक्सानीको कोषबाट आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गरिने छ ।’

यसको साथै, उनले औद्योगिक क्षेत्रको समग्र वातावरण सुुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानुन प्रक्रिया तथा संरचनालाई समयानुकूल बनाएर लैजाने पनि बताए ।

उद्योगहरुमा चौथो पुस्ताको औद्योगिक अवधारणा उपयोग गर्न प्रोत्साहित गरिने पनि उनले घोषणा गरे ।

Logo