मेलम्चीको पानी काठमाडौंमा बाह्रै महिना उपलब्ध गराउने सरकारको घोषणा

मेलम्चीको पानी काठमाडौंमा बाह्रै महिना उपलब्ध गराउने सरकारको घोषणा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षबाट मेलम्चीको पानी काठमाडौंमा बाह्रै महिना उपलब्ध गराउने बताएका छन् । उनले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमः सार्वजनिक गर्दै मेलम्चीको पानी काठमाडौं बाह्रै महिना उपलब्ध गराउने बताएका हुन् ।

‘मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइ काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाबाटको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रसँग क्रमश खानेपानीको आपूर्ति गरिने छ,’ उनले भने ।

पौडेलका अनुसार काठमाडौं उपत्यकाको खानेपानीको दिगो समाधान गर्न सरकार लागेको छ । शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज लगायतका खानेपानीको स्रोतबाट पानी संकलन गरी उपत्यका खानेपानी उपलब्ध गराइने पनि पौडेलले बताएका छन् ।

Skip This
Skip This
Logo