नेपालीहरुकाे प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याइने

नेपालीहरुकाे प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याइने

केन्द्रबिन्दु
84
Shares

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५/८६ सम्म नेपालीहरुकाे प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएकाे छ ।

मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १६औं आवधिक योजना बुधबार राष्ट्रिय योजना आयोगले सार्वजनिक गरी प्रतिव्यक्ति आय बढ्ने जनाएको हो । हाल प्रतिव्यक्ति आम्दानी एक हजार चार सय ५६ डलर छ । यस्तै ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ ।

गरिबीको रेखामुनि रहेका जनसंख्यालाई २० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ भने ९० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुर्‍याउने, ११ हजार ७ सय ६९ मेगावाट विद्युत् उत्पादन गर्ने लयगतका लक्ष्य राखिएको आयोगले जनाएकाे छ ।  त्यस्तै, नेपालीको औसत आयु बढाएर ७३ वर्ष पुर्‍याइएको छ । अहिले नेपाली नागरिकको औसत आयु ७१.३ वर्ष छ ।

Logo