बजेटको आकार नबढाउन सरकारलाई अध्यक्ष ढकालकाे सुझाव

बजेटको आकार नबढाउन सरकारलाई अध्यक्ष ढकालकाे सुझाव

केन्द्रबिन्दु
30
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको आकार नबढाउन सरकारलाई सुझाव दिएका छन् ।

सरकारले नीति तथा कार्यक्रम ल्याएकै भोलिपल्ट बुधबार महासंघले आफ्नै कार्यालयमा आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को पूर्वबजेट अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ढकालले यो सुझाव दिएका हुन् ।

हाल मुलुककाे अर्थतन्त्र चलायमान हुन नसकेकाे र उत्पादन तथा खपत पनि नकारात्मक अवस्थामा रहेकाे उल्लेख गर्दै उनले भने, ‘सरकारले व्यवसायीको मनोबल बढाउने काम गर्नुपर्यो । सबै विषय समेटेर बजेट ल्याउन आवश्यक छ ।’

साथै अध्यक्ष ढकालले मौद्रिक नीति र बजेटको तालमेल नमिलेकाे पनि औंल्याए । ‘मौद्रिक नीति र बजेटको तालमेल मिलेन, मौद्रिक नीतिलाई खुकुलो वा सहज बनाउनुपर्छ । बैंकिङ लोनलाई पनि सहजीकरण आवश्यक छ । लोकल उत्पादन २० प्रतिशत महंगो भयो भने पनि यसलाई बजारमा ल्याउन सकियो भने राम्रो हुन्छ ।’उनले भने ।

लगानी बढाउन नीतिनियम सुधार गरी उद्यमीहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेकाे उनकाे भनाई छ ।

नीति तथा कार्यक्रममा निजी क्षेत्रले दिएका धेरै सुझावहरू समेटिएकाे पनि अध्यक्ष ढकालले बताए ।

Skip This
Skip This
Logo