एनसेल अब ‘सधैं अन’ : डेटा खाेल्दा अनावश्यक ब्यालेन्स काटिने छैन

एनसेल अब ‘सधैं अन’ : डेटा खाेल्दा अनावश्यक ब्यालेन्स काटिने छैन

केन्द्रबिन्दु
98
Shares

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ग्राहकलक्षित आकर्षक योजना ल्याएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै एनसेलले ‘सधैं अन’ नामक आकर्षक योजना ल्याएको हाे । यससँगै अब ग्राहकहरुले अनावश्यक रुपमा मोवाइलमा ब्यालेन्स काटिने समस्या झेल्नुपर्ने छैन । यस योजनाको मुख्य औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो व्यालेन्स खतम हुने डर नगरी डेटा सधैं अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेकाे कम्पनीकाे दाबी छ ।

साे अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बाेर कायुमाेभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको रहेकाे बताए ।

‘उपभोक्ताका आवश्यकताहरु परिवर्तन हुँदैछन् र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैं अन’ अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ ।’ उनले भने ।

हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहेका ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग बापत व्यालेन्स काटिरहेकाे हुन्छ। यहि समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको बताएकाे छ ।

‘सधैं अन’ मार्फत एनसेल ग्राहकहरुका व्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिवद्ध रहेको र ग्राहकहरुका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको छ ।

वास्तवमा यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको कम्पनीकाे भनाई छ। ‘फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ। ६० बटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ। हामी चाहन्छाैं, भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी संचालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनाेस् । तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईको डेटा ‘सधै अन’ हुनुपर्छ ।’ प्रबन्ध निर्देशक कायुमोभले भने।

मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९औं स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफन होस् भन्ने चाहना एनसेलले राखेको छ। नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ १० मध्ये २ जना मात्रै नेपालीले निर्यामत रूपमा मोवाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो।

‘सधै अन’ याेजनामा के छ ?

एनसेलको सधै अनअन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु संचालनमा ल्याएको छ । यसमा ७ दिनको समयसिमा रहेकाे ९८ रुपैयाँबाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेकाे १४९९ रुपैयाँ पर्नेसम्मको विभिन्न प्लानहरु रहेका छन्। हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अन नेपाल एसएमएसको बण्डलिंक रहेको छ । यी प्लानहरु ग्राहकलाई विद्यमान शूल्क भन्दा दुई गुणा सस्तो शूल्कमा उपलब्ध हुन्छ । यसका साथै सधैं अन सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयाेगका लागि निःशुल्क डेटा पनि प्राप्त गर्ने कम्पनीकाे भनाई छ ।

उदाहरणका लागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुधार गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एमएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ । त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीपी निःशुल्क मोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् । यो २८ दिनको लागि मान्य रहनेछ ।

आफ्‌नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ । उदाहरणका लागि यस प्लानअन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु पनि २८ दिनको लागि मान्य रहने कम्पनीले जनाएकाे छ।

Logo