द नेपाल डिस्टीलरिजले बालाजु क्षेत्रका पोल र सडकबत्ती जडान गर्‍यो

द नेपाल डिस्टीलरिजले बालाजु क्षेत्रका पोल र सडकबत्ती जडान गर्‍यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौं महानगरपालिका-१६ को बालाजुस्थित् केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको जनाएको छ।

सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको साथै सो क्षेत्रको सौन्दर्य र सुरक्षासमेत अभिवृद्धि गर्ने कम्पनीले विश्वासलिएको जनाएको छ।

दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने,‘सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुशी छौँ। यस पहलले निःसन्देह यस क्षेत्रको सौन्दर्य र सुरक्षा बढाउनेछ। हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योगसमेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ। हामी यसको सकारात्मक प्रभावको अपेक्षापनि गर्दछौँ।’

वडानम्बर १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे।

Logo