अटो क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आयोः नाडा अध्यक्ष चौधरी

अटो क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आयोः नाडा अध्यक्ष चौधरी

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्र धराशायी बन्दै गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अटो क्षेत्र धराशायी बन्दै जाँदा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका हुन् ।

अटो व्यवसाय अब छिटै एकादेशको कथा हुने अवस्था आएको पनि अध्यक्ष चौधरीले जानकारी दिए । ‘ठूलादेखि साना सवारीको बिक्रीमा कमी आएको छ, अटो व्यवसायीहरूले वैकल्पिक उपाय खोजी रहेका छन्, व्यवसायीले ऋण लिएर व्यवसाय गरेका छन्, तर अब व्यवसायी ऋणलाई नतिरी यहाँबाट कसरी उम्कने भन्ने उपाय खोजी रहेका छन्,’ उनले भने ।

चौधरीले अटो क्षेत्र थला परेको बताउँदै यस क्षेत्रको अवस्था झन् खच्किँदै गए व्यवसायी झन् समस्यामा पर्ने बताए । गाडी बिक्रीमा हुन छाड्दा सरकारको राजश्व संकलनमा पनि कमी आएको उनको भनाइ छ ।

‘अहिलेको अवस्था राम्रो गरिरहेको भन्न लायक ईभी सवारी मात्र छ, त्यो वाहेक अन्य अटो मोबाइल व्यवसाय हैन भन्ने भईसक्यो, हामी भेन्टिलेटरमा पुगि सकेका छौं, यहाँबाट माथि उठ्ने कि तल जाने भन्ने थाहा छैन,’ उनले भने । यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नको लागि सरकारले पहल गर्नुपर्ने उनको तर्क छ ।

Skip This
Skip This
Logo