पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो

पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ। बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।

नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १७८ रुपैयाँबाट १७१ भएको छ भने सुर्खेत र दाङमा प्रति लिटर १७७ बाट १७० भएको छ। यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १७५ रुपैयाँ ५० पैसाबाट १६८ रुपैयाँ ५० पैसा भएको निगमले जनाएको छ।

यस्तै डिजल र मट्टितेल काठमाडौं, पोखरा र दिपायलमा १५९ बाट १५४ रुपैयाँ भएको छ। सुर्खेत र दाङमा प्रति लिटर १५८ बाट १५३ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५६ रुपैयाँ ५० पैसाबाट १५१ रुपैयाँ ५० पैसा भएको छ।

इन्डियन आयल कर्पोरेसनले १५/१५ दिनमा पठाउने मूल्यसूचीका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ।

Logo