नयाँ जलविद्युतका लागि छिट्टै पीपीए खुल्छ: निर्देशक घिसिङ

नयाँ जलविद्युतका लागि छिट्टै पीपीए खुल्छ: निर्देशक घिसिङ

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नयाँ जलविद्युतका लागि छिट्टै पीपीए खुल्ने बताएका छन्।

बिहीबार काठमाडौंमा ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आयोजित प्री-बजेट छलफल कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले नयाँ जलविद्युतका लागि छिट्टै पीपीए खुल्ने बताएका हुन्।

उनले पीपीए खोल्ने विषयमा प्राधिकरण सकरात्मक रहेको र अहिले १० हजार मेगावटको लागि पीपीए खोल्ने तयारी भएको जानकारी दिए।

निजी क्षेत्रको साथमा प्राधिकरण रहेको र सहजिकरण गरेर काम गर्ने बताउँदै उनले ईभीको प्रमोसनले एक दमै राम्रो पिकअप लिइ रहेको उनले दाबी गरे।

Logo