पुरानै तरिकाले राजस्व संकलन भएन नयाँ तरिका अपनाउनुपर्छ: अर्थसचिव मरासिनी

पुरानै तरिकाले राजस्व संकलन भएन नयाँ तरिका अपनाउनुपर्छ: अर्थसचिव मरासिनी

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । अर्थ मन्त्रालयका अर्थ सचिव मधु मरासिनीले पुरानै तरिकाले राजस्व संकलन नभएको र नयाँ तरिका आपनाउनुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आयोजित प्री-बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले हाल राजस्व घटेको र राजस्व संलन नभएको हुँदा नयाँ तरिका अपनाउनुपर्ने बताएका हुन्।

सचिव मरासिनीले नीतिगत स्थिरता कायम राख्नुपर्ने र नीति तथा कार्यक्रममा देशभर ९८ प्रतिशतमा विद्युत पुग्नु राम्रो भएको बताउँदै भने,‘ अब थप गुणस्तरीय बनाउनुपर्छ।’ उनले भने उर्जा देशको अर्थतन्त्रको मुख्य भूमिका रहेको र यसमा रहेका समस्या समाधान हुने विश्वाससमेत दिलाए।

लगानी योग्य बातावरण बनाउन सरकार सकारात्मक रहेको र निजी क्षेत्रलाई पोलिसी सपोर्ट गरेर अर्थतन्त्र सुधार हुने उनको दाबी छ।

अबको नीति तथा बजेट मौद्रिक नीति अस्थिरता चिर्न हिसाबको आउँदै उनले भने,‘सबै विषयलाई समेटेर बजेट तयार गर्ने जमर्को गरेका छौँ, मलाई लाग्छ देश विकासको लागि आवश्यक पर्ने विषय बजेटमा समावेश हुन्छ।’

यस्तै, इप्पान र अटो सरकारको पाङ्ग्रा रहेको उनले उल्लेख गरे।

Logo