सुनचाँदीको मूल्यले बनायाे नयाँ रेकर्ड

सुनचाँदीको मूल्यले बनायाे नयाँ रेकर्ड

केन्द्रबिन्दु
168
Shares

नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा १ हजार ६ सय रुपैयाँले बढ्दै छापावाल सुनको भाउ बिहीवार प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम भएको हो ।

१ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर लगातार घट्दै १ लाख ३४ हजार ५ सय रुपैयाँमा पुगेको सुनको भाउ फेरि ह्वात्तै बढेको हो । आज तेजावी सुनको मूल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

Logo