सन् २०२४ मा विश्व अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

सन् २०२४ मा विश्व अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सन् २०२४ मा पनि विश्व अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा विश्व अर्थतन्त्र ३.२ बृद्धि हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरिएको उल्लेख गरिएको हो।

सन् २०२२ मा ३.५ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२३ मा ३.२ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ। कोषका अनुसार सन्२०२२ मा २.६ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा १.६ प्रतिशतमा सीमित भएको र २०२२ मा ४.१ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ४.३ प्रतिशतले वृद्धि भएको अनुमान रहेको छ।

सन् २०२४ मा विकसित अर्थतन्त्रको वृद्धिदर १.७ प्रतिशत र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशत रहने कोषको प्रक्षेपण रहेको राष्ट्र बैंकले सार्वजनक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख गरिएको छ।

Skip This
Skip This
Logo