काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पो सुरु भएको छ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको व्यवस्थापनमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरु भएको हो।
‘स्पेस एण्ड डिजाइन’ एक्स्पोको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरिन्।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनमा अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्वलाई उजागर गर्नका लागि एक्स्पोको महत्वपूर्ण हुने उनले बताइन्।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र पब्लिक च्याइस विधामा उत्कृष्ट हुनेलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गरिने छ।
एक्स्पो भोलि शनिबारसम्म चल्ने छ।































प्रतिक्रिया