काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा घरजग्गाको कारबारेबाट सरकारले तीन अर्ब रुपैयाँ बढी राजश्व संकलन भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट सेवा दिएबापत तीन अर्ब ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएको हो।
विभागको तथ्याङकले अघिल्लो महिनाको तुलनामा यसपटक राजश्व संकलनमा पनि कमी आएको देखाएको छ। घरजग्गाबाट विभागअनुसार चैत्रमा सेवा दिएबापत ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको थियो।
विभागले वैशाख महिनामा सेवा करबापत २४ करोड १४ लाख ३० हजार ६६०, रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ५६ करोड ९ लाख ९३ हजार ९७, पुँजीगत लाभकरवापत १ अर्ब ३९ करोड ९० लाख ८४ करोड रुपैयाँ र अन्य विभिन्न सेवामार्फत राजश्व संकलन गरेको बताएको छ। विभागका अनुसार चैत्र महिनामा सेवा करबापत ३१ करोड ५२ लाख ५० हजार ९८२, रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ, पुँजीगत लाभकरबापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
विभागले वैशाख महिनामा जग्गाको लिखित पारित ४९ हजार ७८२ वटा भएको बताएको छ। अघिल्लो महिन भने लिखित पारित ५० हजार २३५ वटा भएको विभागको तथ्याङकले उल्लेख गरेको छ। जुन अघिल्लो महिनामा तुलमा केही प्रतिशत कम जग्गाको कित्ता काट भएको छ।
यस्तै, वैशाख महिनामा चैत्रमा ४ हजार ५९ वटा नामसारी, ३२ हजार ४३९ वटा जग्गा रोक्का र २६ हजार ८४ वटा जग्गा फुकुवा भएको पनि विभागको तथ्याङ्कले देखाएको छ।































प्रतिक्रिया