आइतबार सेयर बजारमा हरियाली, पाँच अर्ब २५ करोडकाे कारोबार

आइतबार सेयर बजारमा हरियाली, पाँच अर्ब २५ करोडकाे कारोबार

केन्द्रबिन्दु
70
Shares

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ४५।६९ अंकले बढेर २०६४.४५ विन्दुमा बन्द भएको हो ।

यस दिन ३२३ वटा धितोपत्रको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २५ करोड १० लाख २४ हजार ७८६ रूपैयाँको कारोबार भएको छ ।

आइतबार २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन सबैको लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

Logo