विलिङको बिंगो नेपालमा सार्वजनिक, ३२ लाख मूल्य

विलिङको बिंगो नेपालमा सार्वजनिक, ३२ लाख मूल्य

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । इन्डोनेसियन ब्रान्ड वुलिङको प्यारामाउन्ट मोटर्सले बिंगो मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ।

चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा बिक्री गर्ने भएको हो।

नक्सालमा शोरुम खोल्दै कम्पनीले बिंगोको मूल्य ३१ लाख ९९ हजार सुरुवाती मूल्य तोकेको छ।

हचब्याग सेगमेन्टको बिंगोमा ३१.९ किलोवाट आवर ब्याट्री छ। एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्छ। मोटर पावर ४९ किलोवाट छ। गाडीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ।

उत्पादन भएको ६ महिनामै डेढ लाख गाडी बिक्री भइसकेको छ। बिंगोमा कम्पनीले ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ।

डुअल टोन फिनिसिङका साथ क्लासिक लुक्स दिइएको बिंगोमा पूर्णतः एलईडी लाइट राखिएको छ।

Logo