जिम्नी राइडरको जिम्नी रारा एड्भेन्चर सम्पन्न

जिम्नी राइडरको जिम्नी रारा एड्भेन्चर सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सीजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले जिम्नी रारा एडभेन्चर ‘अ राइड विथ अ कज’ सम्पन्न गरेको छ।

जिम्नी मालिकहरूलाई जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सक्ने उद्देश्यका साथ सो राइड सम्पन्न भएको कम्पनीले जनाएको छ। गत बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको हो।

बुटवलबाट सुरु भएको रारा एडभेन्चर राइडमा मारुती सुजुकी इन्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिङ क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वभर नै जिम्नी एउटा लाइफ स्टाइल एसयूभीको रुपमा निकै लोकप्रिय भएको बताए। ९० भन्दा धेरै देशमा लन्च भएको जिम्नी ३० हजार भन्दा धेरै युनिट बिक्री भइसकेको पनि उनले बताए।

सो राइडमा १० वटा जिम्नी गाडीले सहभागिता जनाएका थिए । राइडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरिएको थियो। १३५ भन्दाबढी विद्यार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी–८ कालिकोटका वडाध्यक्ष लालबहादुर बिष्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।

राइडमा सहभागी एक जिम्नी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने,‘रारा फेरि जाने एउटा इच्छा थियो। जिम्नी मैले यसको अफ रोडिङ क्षमताका कारण खरिद गरेको हुँ। यो राइडमा जिम्नीको क्षमता अनुभव गर्न पाएँ। यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु जिम्नी राइडरहरु भेट्न पाएँ, एउटा परिवार जस्तो भयौ हामी। यो राइड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु। ’

अर्का जिम्नी राइडर आदित्य थापाले पनि आफू सोलो राइड धेरै पटक गएको भए पनि यस पटक जिम्नी ओनरसँग जान पाउदा अझै रमाइलो भएको बताए। जिम्नी लिएर एक पटक कर्णाली जाने इच्छा भएको र सो राइड हने थाहा पाए पछि ‘ड्रिम कम ट्रयु’ फिल भयो। उनले यसरी संगठित र सुरक्षित तवरले आयोजना गरिदिएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गरे।

Logo