चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा रुसी राष्ट्रपति पुटिन सामेल

चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा रुसी राष्ट्रपति पुटिन सामेल

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । चीन अमेरिकाले इलेक्ट्रिक सवारीसाधनलगायतका चिनियाँ सामानमा भन्सार बढाउने कदमप्रति आक्रोशित बनेको छ।

चीनको समर्थनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले चिनियाँ सामानमा बढ्दो करलाई अनुचित प्रतिस्पर्धा भएको बताएका छन्।

अमेरिकाको यो कदमले विशेष गरी अमेरिकी बजारमा प्रवेश गर्ने चीनमा बनेका ईभीलाई असर गर्ने बताइएको छ। जसमा शुल्क १०० प्रतिशतभन्दा बढी र सेमीकन्डक्टरमा करिब ५० प्रतिशत भन्सार बढेको छ। सेमीकन्डक्टर इलेक्ट्रोनिक सामानको निर्माणका साथै नयाँ प्रकारका सवारी साधनमा प्रयोग हुने प्रमुख कम्पोनेन्ट हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो कदमलाई व्यावहारिक भन्दा पनि राजनीतिक स्टन्टका रूपमा व्याख्या गरेका छन्।

चिनियाँ कम्पनी बीवाईडी, चेरी र नियो जस्ता कम्पनीले विश्वव्यापी बजारमा आफ्नो प्रभुत्व जमाउँदैछन् । बीवाईडीले विश्वबजारमा ईभी क्षेत्रमा टेस्लासँग प्रतिस्पर्धा गर्दैछ । तर हालै यसले अमेरिकी अटोमोबाइल बजारलाई जटिल भनेर वर्णन गरेको छ।

बीवाईडी इलेक्ट्रिक कार चीनमा करिब १२ हजार डलरमा बिक्री हुने गरेको छ। सो कारको डिजाइन र ड्राइभिङका कारण निकै चर्चामा छ। कम लागत र भरपर्दो विकल्पका कारण बीवाईडी अमेरिकी बजारमा कडा प्रतिस्पर्धा गर्न सक्नेछ।

चीनले यस्ता शुल्क अन्यायपूर्ण र स्वतन्त्र व्यापारको अवधारणा बिपरित रहेको र चीनको प्रगतीलाई रोक्नकालागि लगाउने गरिएको भन्दै विरोध गर्दै आएको छ।

Logo