४०० सीसी क्षमताको पल्सर बजारमा आउँदै

४०० सीसी क्षमताको पल्सर बजारमा आउँदै

केन्द्रबिन्दु
42
Shares

बजाज मोटरसाइकलले ४०० सीसी क्षमताको नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ । कम्पनीले बजाज पल्सर आरएस ४०० उत्पादन गर्ने तयारी गरेको रिपोर्ट बाहिर आएको हो ।

एनएस ४०० जेडकै प्लेटफर्मममा तयार हुने यो नयाँ मोटरसाइकलको लुक्स र फिचरमा भने केही नयाँपन पाइने कम्पनीको भनाई छ । यसमा ३७३.३ सीसी, सिगंल सिलिन्डर, ट्रिपल स्पार्क इन्जिन दिइने छ । यो इन्जिनले ४० पीएस पावर ताथ ३५ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा फुल एइडी हेडल्याम्प तथा एलइडी डीआरएल रहने छ । साथै ब्लुटुथ कनेक्टिभिटी सहितको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर उपलब्ध हुनेछ । यसमा नयाँ एलइडी टेल ल्याम्प, अग्लो विन्डस्क्रिन, स्प्लिट सीट, स्पिल एण्ड एसिस्ट क्लच, राइड–बाइ–वायर मेकानिजम र स्विचेवल ट्रयाक्सन कन्ट्रोल लगायत विशेषता रहने पनि कम्पनीले जनाएको छ ।

Logo