डलरको भाउ स्थिर, अरूको कति ?

डलरको भाउ स्थिर, अरूको कति ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। आइतबारदेखि नै डलरको भाउको स्थिर रहेको हो।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ। सोमबार खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको थियो।

आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ। सोमबार खरिद दर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसाले कारोबार भएको थियो।

कतारी रियालको मूल्य भने आज पनि स्थिर छ। रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।

Logo