माइडियाको डिशवाशर नेपालमा

माइडियाको डिशवाशर नेपालमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । मिडिया ब्राण्डको नयाँ डिशवाशर नेपाली बजारमा उपलब्ध भएको छ।

अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक बिएलडिसी मोटर र वाइफाइ आधारित आइओटी स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपसहितको सुविधा रहेको मिडिया ब्राण्डको नयाँ डिशवाशर नेपाली बजारमा उपलब्ध गराएको हो।

अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय माइडिया ब्रान्डको डिशवाशर नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त उत्साहित रहेको कम्पनोले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

विषेशगरी नेपालमा संयुक्त परिवार हुने र नेपाली घरपरिवारको लागि उपयुक्त हुने १२ प्लेट सेटिङले ठूलो परिवारका लागि उपयुक्त क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ। साथै नेपाली भान्सामा प्रयोग हुने बिभिन्न प्रकारका चिल्ला भाडाहरुपनि सजिलै सफा र्गर्ने यो डिशवाशरमा एलईडी लाइट र डिस्प्ले इन्डिकेटरपनि छ, जसले सजिलो निगरानी गर्न मद्दत गर्दछ। आफैँ सफा हुने फिल्टर सिस्टमले सजिलो मर्मत र सफाईको सुविधा दिने कम्पनीको दाबी छ।

माइडिया डिशवाशरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको छ। यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्छ।

डिशवाशर दुई तहको बास्केटसहित आउने जसले विभिन्न आकार र प्रकारका भाँडाहरू राख्न सजिलो बनाउँछ। बटन कन्ट्रोल प्रणालीले सहज सरसफाईको सुविधा दिन्छ। साथै, बालबालिकाको सुरक्षा लकले बच्चाहरूलाई सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको दाबी छ।

यसमा डिले टाइमर समेत रहेको जसले चाहेको समयमा डिशवाशरलाई संचालन गर्न सक्छ। ८ प्रकारका प्रोग्राम सेटिङ्सले विभिन्न धुलाई आवश्यकताहरू पूरा गर्न सक्छ। पावर वाश विकल्पले अत्याधिक फोहोर भाँडालाई सफाई गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo