कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफ इन्स्योरेन्सको ४ लाख सहयोग

कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफ इन्स्योरेन्सको ४ लाख सहयोग

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ। उक्त सहयोग कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालद्वारा इ–नेबल नेपालका अधक्ष्य सुरेन्द्र श्रेष्ठ र महासचिब दिनेश राज भण्डारीलाई बिहीबार कम्पनीको प्रधान कार्यालयमा ४ लाखको चेक हस्तान्तरण गरिएको हो।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको यस सहयोगले इ–नेबल नेपाललाई आउँदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केही मद्दत हुने आपेक्षा राखेको कम्पनीले जनाएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गरि जन्मजात अथवा विभिन्न कारणले आफ्नो हात/अंग गुमाएका बालबालिकालाई सहयोग गर्न ४ लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले बताएको हो।

Logo