सुनको मूल्य १८ सयले घट्यो

सुनको मूल्य १८ सयले घट्यो

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भैइरहेको छ।

यसअघि बुधबार सुन तोलामा १ लाख ४० हजार ५०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको तोलामा ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo