यस्तो छ ओमोडा ई ५ कार, जेठ १४ सम्म किन्दा २ लाख ५० हजार छुट

यस्तो छ ओमोडा ई ५ कार, जेठ १४ सम्म किन्दा २ लाख ५० हजार छुट

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । एसपीजी अटोमोबाइलले अगामी आर्थिक वर्षको बजेट अगाडि ओमोडा ई ५ किन्ने ग्राहकलाई छुट दिने भएको छ।

एसपीजीले जेठ १४ गेतसम्म ओमोडा ई ५ किन्दा ग्राहकलाई २ लाख ५० हजारसम्म नगद छुट दिने स्किम सार्वजनिक गरेको हो।

४ महिना अगाडि नेपालमा सार्वजनिकहुँदा ओमोडा ई ५ इलेक्ट्रिक एसयूभीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको थियो । पछि उक्त मूल्यमा २ लाख ५० हजार बृद्धि गरेर ६१ लाख ९९ हजार पुर्याइएको ई ५ लाई ग्राहकले पुरानै मूल्यमा खरिद गर्ने अवसर कम्पनीले दिएको हो।

यस्तो छ कार
ओमोडा ई ५ मा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। उक्त गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित रहेको पनि कम्पनीले बताएको छ।

ओमोडा ई ५ मा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युअल स्क्रिन जस्ता विशेषताका साथै एडास ड्राइभिङ असिस्टेन्स सुविधा पनि रहेको छ। जसअन्तर्गत लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको कम्पनीको दाबी छ।

ओमोडा ई ५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एक्सटेरियर फिचरअन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिनेछ।

Logo