सिरोहियाको पक्राउप्रति निजी क्षेत्रको आपत्ति

सिरोहियाको पक्राउप्रति निजी क्षेत्रको आपत्ति

केन्द्रबिन्दु
30
Shares

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति निजी क्षेत्रका तीन ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएका छन् ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै व्यावसायीक संघ संगठनले उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्नेमा जोड दिएका छन् । ‘उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं ।’ विज्ञप्तिमाा भनिएको छ ।

साथै भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएकोले यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिन नहुने पनि औंल्याएका छन् ।

सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो । हाल उनी प्रहरी हिरासतमा छन् ।

Skip This
Skip This
Logo