थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सेवा सुरु

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सेवा सुरु

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेकाे छ । बिहीबार काठमाडौंको लाजिम्पाटमा अवस्थित दुसित प्रिन्सेस होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै थाई एयरवेजले सो जानकारी दिएको हो ।

थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा सुरु गरेको थियो । नेपाललाई विश्वसँग जोडने र बिश्वबजारका यात्रीहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीको कारण मार्च २०२२ मा रोकिएको थियो ।

थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरे आफ्नो इन्टरनेशनल सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया पाएपछि कम्पनीले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।

हाल थाई एयरवेजले ६० भन्दा बढ़ी गन्तव्यहरुमा एयरबस २३० न्यारो बडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७ र एयरबस ३५० एयरक्राफ्टहरु सञ्चालन गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले काठमाडौ र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा भएको बताए । यो सेवाले नेपाललाई थाइल्याण्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने उनको भनाई छ ।

‘यो सेवाले नेपाललाई थाइल्याण्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ। हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्धन गर्ने एउटा माध्यम बनेको छ, र हामी यो महत्त्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौं।’ उनले भने ।

त्यस्तै, सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रवि चन्द्र सिंहले सांस्कृ‌तिक विविधता र प्राकृतिक सौन्दय खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको बताए ।

उनले भने, ‘काठमाडौं र बैंककलाई उडान मार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौं। सांस्कृ‌तिक विविधता र प्राकृतिक सौन्दय खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको छ । हाम्रो सेवाहरूले नेपाल र थाइल्याण्ड बीच उडान गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्ने छ ।’

हाल थाई एयरवेजसँग कुल ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।

Logo