सान्भी अटो लिङ्कले नयाँ बानेश्वरमा खाेल्याे टिभिएसको नयाँ शोरुम

सान्भी अटो लिङ्कले नयाँ बानेश्वरमा खाेल्याे टिभिएसको नयाँ शोरुम

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमका बीच प्रमुख अतिथिका रुपमा उपस्थित हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर वडा नं. २ का सम्माननीय सांसद दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका हुन् ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिङ्कका संचालक श्रीकृष्ण थापाले जनाएका थिए । उपभोक्ताहरुको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ संचालन भएको सान्भी अटो लिङ्कको नयाँ शोरुमले टिभिएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखेकाे छ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

Logo