सिट्रोनको इलेक्ट्रिक कार ईसी ३ साइन परीक्षण, चाँडै नेपालमा सार्वजनिक हुँदै

सिट्रोनको इलेक्ट्रिक कार ईसी ३ साइन परीक्षण, चाँडै नेपालमा सार्वजनिक हुँदै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । सांग्रिला मोटर्सले सिट्रोनको इलेक्ट्रिक कार ईसी ३ साइन परीक्षण गरेको छ।

ईसी ३ मा इलेक्ट्रोनिकल्लि एड्जस्टेवल ओआरभीएमएस, रियर पार्किङ क्यामेरा, १५ इन्चको डायमन्ड कट अलोय ह्विल, फ्रन्ट र रियरमा स्किड प्लेट, रियर वाइपर एबं वासर, रियर डिफगर र लेदरले वेरिएको स्टेयरिङ ह्विल थप गरिएको कम्पनीले जनाएको छ। बाँकी फिचर र मेकानिकल पक्षमा भने कुनै परिवर्तन नगरिएको कम्पनीले बताएको छ।

नेपाली बजारमासमेत उपलब्ध ईसी–३ मा २९.२ किलोवाट आवरको ब्याट्री र ४२ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। ३.३ किलोवाट अनबोर्ड एसी चार्जर दिइएको यो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटरसम्म यात्रा गर्न सकिने एआरएआईले दावी गरेको छ।

साथै यसको पावर ५६ बीएचपी र टर्क १४३ एनएम रहेको र १०७ किलोमिटर टप स्पिड भएको यसलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्रै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।

यो इलेक्ट्रिक कारको मूल्य ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार निर्धारण गरिएको छ।

कम्पनीका अनुसार अर्को साता नयाँ साइन भेरिएन्टकोसमेत औपचारिक रुपमा बिक्री–वितरण सुरू हुने र यसको मूल्य ४० लाख रुपैयाँभन्दा कम हुने अनुमान गरिएको छ।

Skip This
Logo