कैलाश सिरोहियामाथि राज्यद्वारा गरिएको धरपकडप्रति नाडाकाे आपत्ति

कैलाश सिरोहियामाथि राज्यद्वारा गरिएको धरपकडप्रति नाडाकाे आपत्ति

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई राज्यद्वारा गरिएको धरपकडप्रति आपत्ति जनाएको छ ।

देशको कानून विपरीत व्यक्तिगत मुद्दा भए नियमअनुसार कारबाही गर्नुपर्ने भन्दै नाडाले कसैसँग प्रतिशोध साँधेर धरपकड गर्ने कामको विरोध गरेको हो । यसरी सम्मानित व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई उजुरीकै आधारमा धरपकड गरी हतोत्साहित गर्ने कार्यले व्यवसायीहरुको मनोबल गिर्नुका साथै व्यवसायीहरुलाई आतङ्कित बनाएकाे नाडाकाे भनाई छ ।

‘देश आर्थिक मन्दीले जर्जर भएको अवस्थामा यतिबेला व्यवसायीहरुको मनोबल बढाई लाखौँ रोजगारीलाई सुनिश्चित गर्नुका साथै त्यसलाई बचाउनुपर्ने अवस्था छ । तसर्थ व्यवसायी एवं व्यावसायिक वातावरण नबिगार्ने तथा व्यवसायीको लगानीलाई सुनिश्चित गर्नुपर्ने समयमा कुनै तवरबाट हतोत्साहित नबनाइदिन हामी पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौं ।’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ नागरिकता सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको कारण देखाएर सिरोहियालाई पक्राउ गरेको थियो । सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन काठमाडौंबाट उनी पक्राउ परेका हुन् । हाल उनी हिरासतमा छन् ।

Skip This
Logo