माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडलका वाटर डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ । यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत डिजाइन प्रदान गर्दै उपभोक्ताको जीवनशैलीलाई सहज बनाउने उद्देश्य राखेको कम्पनीले बताएको हाे।
पहिलो मोडल: टप लोडिङ – हट एण्ड नर्मल- ९ लिटरको स्पेसियस क्याबिनेट सहित आउँछ, जसले प्रति घण्टा ४ लिटर पानी तताउन सक्छ। यसको स्मार्ट र कम्प्याक्ट डिजाइनले सानो ठाउँमा पनि सजिलै फिट हुन्छ। ओभरहिट प्रोटेक्शन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू यसमा रहेका छन्। फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर ५.१ केजी तौलको छ र यसको आयाम ३३०x३३०x८८५ मिमी छ।
दोस्रो मोडलः टप लोडिङ – हट/नर्मल/कोल्ड कमप्रेसर कूलिङ:- १६ लिटरको स्पेसियस क्याबिनेट सहित आउँछ, जसले प्रति घण्टा ४ लिटर तातो पानी र २ लिटर चिसो पानी उत्पादन गर्न सक्छ। उच्च दक्षता कमप्रेसर कूलिङ र तीन-ट्याप डिजाइनले यसलाई विशेष बनाउँछ। यसमा बाल सुरक्षा लक(Child safety lock), ओभरहिट प्रोटेक्शन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू छन्। फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरिएको यो डिस्पेन्सर १७.२ केजी तौलको छ र यसको आयाम ३१०x३६०x१००० मिमी छ।
तेस्रो मोडल: टप लोडिङ – हट एण्ड नर्मल– साना आकारमा प्रयोग गर्न उपयुक्त छ र यसले प्रति घण्टा ४ लिटर पानी तताउन सक्छ। सजिलो पुश प्याडल (Easy Push Paddle) र दुई-ट्याप डिजाइनले यसलाई प्रयोग गर्न सरल बनाउँछ। यसमा पनि ओभरहिट प्रोटेक्शन रहेको छ। फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर २.३ केजी तौलको छ र यसको आयाम २५४x२९५x३८७ मिमी छ।
यी तीन मोडलका पानी डिस्पेन्सरहरूमा उच्च दक्षता, ओभरहिट प्रोटेक्शन, फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल जस्ता सुविधाहरू रहेका छन्। हट, नर्मल र कोल्ड पानीको आवश्यकता पूरा गर्न सक्षम यी डिस्पेन्सरहरू सजिलो सफा गर्न मिल्ने र बाल सुरक्षा लक सहित सुरक्षित छन्। मिडिया र सीजी इलेक्ट्रोनिक्सको सहकार्यले नेपाली बजारमा उच्च गुणस्तरीय उपकरणहरू ल्याउने उद्देश्य राखेको छ। उपभोक्ताहरूले अब यी अत्याधुनिक पानी डिस्पेन्सरहरूमार्फत आफूलाई आवश्यक पर्ने विभिन्न प्रकारका पानी सुविधाजनक र सुरक्षित रूपमा पाउने कम्पनीले जनाएकाे छ।





























प्रतिक्रिया