साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट छ । यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ ।

१ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ । सेयर बजारलाई ३.३७ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले थामेको छ । १३ मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक अन्य सबै उपसमूह घटेका छन् ।

२१५ कम्पनीको सेयरमूल्य घट्दा फाइनान्स उपसमूह सर्वाधिक २.१९ प्रतिशतले घटेको छ । २९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको स्थिर छ । कालिञ्चोक दर्शनको सेयर बढेर सर्किट लागेको छ । सिटी होटल पनि ८.२४ प्रतिशतले बढेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स छ । उक्त बीमा कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरि सीइडीबी हाइड्रोपावरको १५ करोड ३१ लाख, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १४ करोड ८१ लाख, नबिल बैंकको १३ करोड ४० लाख र सोल्टी होटलको १० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

Skip This
Logo