द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

केन्द्रबिन्दु
42
Shares

काठमाडौंस्थित द सोल्टी होटेल ग्रुप र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आइतबार प्रभु बैंकका प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवं प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले र सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

द सोल्टी होटेल ग्रुपअन्तर्गत द सोल्टी होटेल एण्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Logo