काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य बढेको छ।
सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ।
त्यस्तै, आज तेजावी सुनपनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ।
आज चाँदीको मूल्यपनि ४० रुपैयाँले बढेर तोलाको १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।































प्रतिक्रिया