एनआईसी एशिया बैंकका मधेश प्रादेशिक कार्यालय र वीरगञ्जस्थित शाखा कार्यालयले आफ्नै भवनबाट कारोबार सुरु गरेका छन् ।
मधेश प्रदेशमा नवनिर्मित भवन कार्यालय र पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका– १०, आदर्शनगरमा नवनिर्मित भवनबाट बैंकले आफ्नो कारोबार सुरु गरेका हुन् ।
यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको हाे । बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकहरूलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।
साथै, उक्त नवनिर्मित भवनमा ग्राहकहरूलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन, केआईओएसके मेसिन, क्यास रिसाइक्लर मेसिनजस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरूबाट डिजिटल बैंकिङ कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ हलसमेत सञ्चालनमा ल्याएको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।





























प्रतिक्रिया