नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो

नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ।

मंगलबार आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए।

२०६२ सालमा निरपेक्ष गरिबी ३० दशमलब ८ प्रतिशत रहेकामा हाल घटेर २० दशमलब ३० प्रतिशतमा झरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भने, ‘मानव विकास सूचकांक ०.५०५ बाट बढेर ०.६०२ कायम भएको छ। नेपालीको औसत आयु ६०.७ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको छ।’

यस्तै नेपालको साक्षरता दर पनि ५८ प्रतिशतबाट बढेर ७६ .२ प्रतिशत पुगेको छ। ४५ प्रतिशतबाट बढेर ५७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुगेको छ।

यस्तै पछिल्लो समय शिशु र मातृ मृत्युदरमा पनि केही सुधार भएको छ।

‘संवत् २०६४ मा शिशु मृत्युदर प्रतिहजार जिवीत जन्ममा ८९ जना रहेकोमा हाल २१ मा झरेको छ। पाँच वर्ष मुनिका बाल मृत्युदर प्रतिहजार ६१ बाट ३३ मा र मातृ मृत्युदर प्रतिलाख २८१ बाट १५१ मा झरेको छ,’ अर्थमन्त्री पुनले भने।

Logo