राजस्व संकलनको लक्ष्य ८८ दशमलव १ प्रतिशत मात्रै

राजस्व संकलनको लक्ष्य ८८ दशमलव १ प्रतिशत मात्रै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरेको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्ष्यअनुसार यो वर्ष राजस्व संकलन नहुने बताएका हुन्। उनले लक्ष्यको तुलनामा ८८.१ प्रतिशत मात्र राजस्व संकलन हुने बताएका छन्।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको अर्थमन्त्री पुनले स्पष्ट गरे।

Skip This
Skip This
Logo