बजेटमा बाआमाको चिन्ता, एक खर्ब १६ अर्ब बजेट विनियोजन

बजेटमा बाआमाको चिन्ता, एक खर्ब १६ अर्ब बजेट विनियोजन

केन्द्रबिन्दु
24
Shares

सरकारले आगामी आर्थिक वर्षमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहित कार्यक्रम संचालन गरिने घोषणा गरिएको हो ।

साथै अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने, सार्वजनिक सेवा अपांगतामैत्री बनाउने, स्वास्थ्य बीमाको दायरा बढाउने लगायतका कार्यक्रमलाई निरन्तरता घोषणा गरेका छन् । सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।

‘जेष्ठ नागरिक लगायत लक्षित समुदायलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तरता दिएको छु,’ अर्थमन्त्री पुनले ले भने, ‘यसका लागि १ खर्ब १६ अर्ब विनियोजित गरेको छु ।’

Skip This
Skip This
Logo