बजेटबारे पूर्वअर्थमन्त्री महत भन्छन्: सुधारका कार्यक्रम देखिएनन

बजेटबारे पूर्वअर्थमन्त्री महत भन्छन्: सुधारका कार्यक्रम देखिएनन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन्।

पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकताभन्दा माथि रहेको बताए।

महतले सुधारका कार्यक्रम ल्याउने बताउदैँ आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन्। उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताए।

डा. महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिँधै झुट बोलेको बताउदैँ आफूहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन्।

Logo