कृषिको बजेट सुनेर मन्त्री मुसुक्क

कृषिको बजेट सुनेर मन्त्री मुसुक्क

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक बर्ष २०८१/८२ मा ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छु ।’

अर्थमन्त्रीले मन्त्रालयलाई उक्त रकम विनियोजन गरेको सुनाएपछि बैठकमा सहभागी मन्त्री ज्वालाकुमारी साह मुस्कुराएकी थिइन् ।

आगामी वर्षका लागि कृर्षिलाई महत्वदिने बताउँदै आएको सरकारले चालु आर्थिक वर्षको तुलनामा कृषि क्षेत्रका लागि सरकारले झण्डै एक अर्ब घटाएर बजेट छुट्याएको छ ।

Skip This
Skip This
Logo