सरकारले यस वर्ष कर्मचारीको तलब सुविधा नबढाउने भएको छ ।
मंगलबार सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको विष नै समेटेनन् । नयाँ बजेटले तलब सुविधा वृद्धिबारे कुनै घोषणा नगरेपछि पहिलाकै तलब कायम हुने भएको छ ।
पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो ।































प्रतिक्रिया