बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

केन्द्रबिन्दु
6
Shares

काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आज बनेपामा आयोजित ४२औँ साधारणसभामा उनले आगामी आवका निम्ति निर्धारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाका सम्भावना खोज्नुपर्ने बताए । उनले भने, “हाम्रो वरपरका विकासका ‘सम्भावनाका ढोका’ खोल्न सरकार प्रतिबद्ध छ, नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवसायीका अधिकांश माग सम्बोधन भएका छन् ।”

विगतका नीति तथा कार्यक्रमबीच तालमेल नमिल्दा धेरै योजना ओझेलमा परेको उनले बताए ।

आन्तरिक, बाह्य तथा राजनीतिक कारणले देशको आर्थिक अवस्था केही सङ्कुचित भएको तर्क गर्दै मन्त्री भण्डारीले रोजगारी सृजनालाई नै केन्द्रमा राखेर काम गर्नु अहिलको आवश्यकता भएको बताए ।

Skip This
Skip This
Logo