काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।































प्रतिक्रिया