पर्यटनमन्त्री तामाङकाे दाबी- यस वर्ष १६ लाख पर्यटक नेपाल आउनेछन्

पर्यटनमन्त्री तामाङकाे दाबी- यस वर्ष १६ लाख पर्यटक नेपाल आउनेछन्

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितवहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् ।

गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको र सोहिअनुसार काम भइरहेको बताए । उनले भने, ‘यसअघि कोभिडका कारण पर्यटक आउने संख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनु भएको थियो । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ ।’

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको संख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए । पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उनको भनाइ छ ।

‘यहाँ कतिपय तस्वीरहरु आफैंले भोगेका राखिएका छन् । कतिपय पुराना इतिहास झल्काउने खालका तस्वीर देखें । यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ । गोरखापत्रको यो काम प्रशंसनीय छ । पुर्खाका पालाका तस्वीर देख्न पाउँदा खुशी लाग्यो ।’

Logo