लक्ष्मी सनराइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

केन्द्रबिन्दु
12
Shares

लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा नं २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरी सेवा विस्तार गरेको हाे । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरको वडा नं १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

Logo