हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र हिमाल हस्पिटलबीच अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई काठमाडौंको ज्ञानेश्वरस्थित् हिमाल हस्पिटलका अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

एक समारोहका बीच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढका ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मुख्य प्रशासन अधिकृत राजेन्द्र केसीको समेत उपस्थिति रहेको थियो।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक,कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवालिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखि २० प्रतिशततथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने बताइएको छ।

सन् १९७८ मा बिराटनगरमा स्थापित थापा नर्सिङ्ग होमपछि सन् १९८८ मा ज्ञानेश्वर काठमाडौंमा नाम परिवर्तन भई हिमाल हस्पिटल राखिएको हो। जुन नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो।

हिमाल हस्पिटलले केही दशकदेखि निरन्तरस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत उपलब्ध गराउँदै आईरहेको बताइएको छ। स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि हिमाल हस्पिटलमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको बताइएको छ।

त्यस्तै, ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फतकरिब ३१ लाखभन्दा बढि ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

Skip This
Skip This
Logo