काठमाडौं । मारुती सुजुकी कारका ४ वटा पुस्ता बजारमा आइसक्दा पहिलाका तीनवटा पुस्ताको कारको तौल घटेको छ।
मारुती सुजुकीले पछिल्लो समय भारतमा पहिलोपटक सन् २००५ मा लन्च गरिएको स्विफ्टको पहिलो पुस्ता १०१० किलोग्राम तौलको मोडल भारतमा सन् २०१० सम्म चल्यो। पहिलो पुस्ता स्विफ्टले प्रतिलिटर पेट्रोलको खपतमा १२.३६ किलोमिटर माइलेज दिने दाबी गरेको थियो।
पछि कम्पनीले यसलाई २०१० मा अपग्रेड गरी दोस्रो पुस्तामा ल्यायो। उक्त भर्सनको तौल ९६५ किलोग्राममा ल्याउँदा माइलेज भने २०.४ किलोमिटर दिने बताइएको यो दोस्रो पुस्ता २०१८ सम्म चल्यो।
कम्पनीले सन् २०१८ मा दोस्रो पुस्ता स्विफ्टको तुलनामा ६० किलोग्राम हलुका बनाएर तेस्रो पुस्ता सार्वजनिक गर्यो। ९०५ किलोमिटर तौल बनाइएको उक्त भर्सनले २२.५६ किलोमिटर माइलेज दिने बताइएको थियो। सुजुकीले स्विफ्टको तेस्रो पुस्तालाई यसै वर्ष अपग्रेड गरी नयाँ पुस्ता ल्याइसकेको छ। नयाँ अर्थात चौथो पुस्ताले २५.७५ किलोमिटर माइलेज दिने दावी गरिएको छ।
नेपाली बजारमा आउने प्रतिक्षा गरिरहेको यो नयाँ मोडलको तौल तेस्रो पुस्ताको तुलनमा २० किलो बढी अर्थात ९२५ किलोग्राम रहने र यो नयाँ कारमा सुजुकीले जेड सिरिजको नयाँ इन्जिनलाई प्रयोगमा ल्याएको दाबी गरेको छ। जसअनुसार इन्जिनको तौल नै पुरानो पुस्ताको तुलनामा बढी छ। कारलाई हलुका बनाउन सुजुकीले अल्ट्रा स्ट्रेन्थ स्टिल प्रयोग गर्ने गरेको बताएको छ।





























प्रतिक्रिया