आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथलीस्थित् ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्।

दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएपश्चात आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवामा एक्सक्लुसिभ डिस्काउन्ट पाउने भएका छन्।

सो सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटी प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताएका हुन्।

Logo