प्रभु बैंक र युसेड ट्रेडबीच भयो यस्तो महत्वपूर्ण सम्झौता

प्रभु बैंक र युसेड ट्रेडबीच भयो यस्तो महत्वपूर्ण सम्झौता

केन्द्रबिन्दु
42
Shares

प्रभु बैंक लिमिटेड र युसेड ट्रेड एण्ड कम्पिटेटिभनेसबीच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्नेगरी एक महत्वपूर्ण सम्झौता भएको छ ।

‘इम्पावरिङ एग्रो एण्ड ट्युरिजम इण्डष्ट्री फर सस्टेनेवल ग्रोथ फर फ्युचर नेपाल’नामक परियोजना बागमती प्रदेशमा सञ्चालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा युसेड ट्रेड एण्ड कम्पिटेटिभनेसका तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको बैंकले जनाएको छ ।

Logo