‘अरुण तेस्रोले नेपालको उर्जा विकासमा ठूलो योगदान पुर्याउने छ’ -प्रधानमन्त्री प्रचण्ड

‘अरुण तेस्रोले नेपालको उर्जा विकासमा ठूलो योगदान पुर्याउने छ’ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
12
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालकै ठूलो निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाले उर्जा विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संखुवासभा पुगेर अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले आयोजनाको बाँकी काम सम्पन्न गर्न निर्देशन पनि दिएका छन् ।

‘नेपालको सबैभन्दा ठूलो निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको लक्ष्य पूरा गर्न सोही अनुरूप अगाडि बढाउन लागिपरिरहेको छु ।’ उनले भने, ‘यसले नेपालको विद्युत विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न निर्देशन पनि दिन्छु ।’

Logo